काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफी पत्र पठाएका छन् ।
शुक्रबार प्रमुख सापाङले अख्तियारले पठाएको श्रम संस्कृति पार्कबारेको पत्रको जवाफ दिदैं फोहोरै फोहोर रहेको पार्कलाई बगैँचाको रूपमा परिणत गरेको बताएका छन् ।
सापाङले पठाएको पत्रको जवाफमा ऐन विपरीत कुनै किसिमको योजना नगरिएको उल्लेख छ ।
‘यो पार्क कुनै बजेटको योजना नभएर जनताको श्रम प्रतिको सम्मान र धमदान अनि योगदानको इतिहास हो । बजेटको काम नभएकोले सार्वजनिक खरिद गर्न नपरेको जानकारी गराउँदछु, जे गर्दैछन् जनताले आफ्नै खर्चले गर्दैछन् ।’ उनले पत्रमा भनेका छन्, ‘सरकारी पैसा प्रयोग भएको छैन । दाताले खाना खानु भनेर दिएको पैसाको खाना खाको कुरा सरकारले खोज्नु हुन्न । नेताहरूले विदेश भ्रमणमा कति खाए कार्यकर्ताले सभा सम्मेलनमा कति खाए राज्यको कोष कसरी दुरुपयोग भयो र हुँदैछ त्यसतर्फ ध्यान दिनु उचित हुन्छ ।’
यस्तो छ साम्पाङको पत्र
Facebook Comment
Comment