प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित

प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित

काठमाडौं । प्रदेश २ को नाम ‘मधेश प्रदेश’ दुइतिहाइले पारित भएको छ। कुल १ सय ४ मा सांसदमध्ये ९९ सांसद उपस्थित थिए। ‘मधेश प्रदेश’ को पक्षमा ८० सांसदले मतदान गरे।

प्रस्तावमध्ये छैटौं नम्बरको प्रस्तावमा नाम ‘मधेश प्रदेश’ हुनुपर्ने थियो। सवा चार बजेबाट मतदान शुरु भएको थियो। मतदान पाँच बजेर १० मिनेटमा सकिएको थियो। पाँच बजेर ४० मिनेटमा उक्त प्रसतावमा दुई तिहाइसहित ‘मधेश प्रदेश’ नाम पारित भएको हो।

प्रस्तावको पक्षमा ८० मत परेको थियो भने विपक्षमा १९ मत खसेको थियो। त्यस्तै चार जना सांसद अनुपस्थित थिए भने सुभामुखले मतदान गरेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved