बारामा बालिकालाई जबर्जस्तीकरणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ

नेपालभ्युज

बारामा बालिकालाई जबर्जस्तीकरणी गरी हत्या गरेको अभियोगमा २ जना पक्राउ
सांकेतिक तस्वीर

बारा। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा आदर्शकोतवाल गाउँपालिका-८ टोल कोतवाली ठेगाना भएका २० वर्षीय संतोष साह कानु र सोही ठाउँ बस्ने ४० वर्षीया शान्ति देवी रहेका छन्।

गत २५ पुसको दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी ती बालिका हराई बेपत्ता भएकोमा २७ पुसमा आदर्शकोतवाल गाउँपालिका-७ स्थित जमुनी खोलामा उनको शव फेला परेको थियो। प्रहरीले अनुसन्धान गर्ने क्रममा निज बालिकाको जबरजस्तीकरणीपछि हत्या गरी फालेको खुल्न आएको जनाएको छ।

घटनामा संलग्न सन्तोष साह र अपराध पुष्टि हुने दशीहरू लोप गर्ने प्रयास गरेकी शान्ती देवीलाई पक्राउ गरेको हो। उनीहरूउपर ज्यानसम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved