इङ्लिस प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जित

नेपालभ्युज

इङ्लिस प्रिमियर लिग : लिभरपुलको प्रभावशाली जित

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लिभरपुल विजयी भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको हो। घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो।

लिभरपुलका लागि ४४ औँ मिनेटमा फाबिन्हो, ६९ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन र ७७ औँ मिनेटमा मिनामिनोले गोल गरे। जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । २३ अंकसहित ब्रेन्टफोर्ड १४ औँ स्थानमा छ।

आइतबार राति नै भएको खेलमा लीड्सले वेष्टह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved