च्यासलका १९ खेलाडी कोरोना संक्रमित, ए डिभिजन लिगको खेल रोकियो

ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रका अनुसार च्यासलका खेलाडीमा कोरोना देखिएपछि आज हुने तय भएको नेपाल पुलिस क्लबसँगको खेल रद्द भएको छ।

नेपालभ्युज

च्यासलका १९ खेलाडी कोरोना संक्रमित, ए डिभिजन लिगको खेल रोकियो

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण भएको छ। आइतबार क्लबका १९ जना खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको हो।

ए डिभिजन लिगका निर्देशक सञ्जिव मिश्रका अनुसार च्यासलका खेलाडीमा कोरोना देखिएपछि आज हुने तय भएको नेपाल पुलिस क्लबसँगको खेल रद्द भएको छ।

आज दिनको दोस्रो खेलमा च्यासल र नेपाल पुलिस बीच खेल हुने तालिका थियो। तर च्यासलका खेलाडीमा कोरोना देखिएपछि उक्त खेल रद्द भएको हो।

मिश्रले च्यासलको आजको खेल रद्द भए पनि अन्य खेल भने पूर्वनिर्धारित तालिकाअनुसार नै हुने बताए।

च्यासलको आज रद्द भएको खेल भने लिग व्यवस्थापन समितिको निर्णयअनुसार हुने मिश्रले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved