लुम्बिनी प्रदेशस्तरीय हाप्किडो प्रतियोगिता स्थगित

नेपालभ्युज

लुम्बिनी प्रदेशस्तरीय हाप्किडो प्रतियोगिता स्थगित

बुटवल। दाङमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेशस्तरीय हाप्किडो प्रतियोगिता स्थगित भएको छ।

दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा लुम्बिनी प्रदेश हाप्किडो संघ र नेपाल मार्शल आर्टस् हाप्किडो संघको सहकार्यमा माघको ४ देखि ६ गते सम्म आयोजना गर्ने घोषणा गरिएको थियो। लुम्बिनी प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप कोरोना भाइरसका कारण स्थगित गर्नु परेको आयोजक दाङ जिल्ला हाप्किडो संघका अध्यक्ष भुवन बुढा मगरले जानकारी दिए।

कोरोना भाइरस नेपालमा पनि फैलन सक्ने हुदा कुनै पनि भिडभाड हुने खालका कार्यक्रमहरू नगर्ने जिल्ला प्रशासनले निर्णय गरेपछि खेल प्रतियोगिता नगर्न निर्देशन दिएको थियो। प्रशासनको निर्देशन र बर्तमान अवस्थामा जनस्वाश्थ्यको ख्याल गर्दै प्रतियोगिता स्थगित गरिएको अध्यक्ष बुढामगरले बताए।

माघको ४, ५ र ६ गतेसम्म प्रदेशस्तरको सो प्रतियोगिता दाङको घोराही शहरमा गर्न लागिएको थियो। उक्त च्याम्पियनसिपको उद्घाटन लुम्विनी प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसीउद्दीन खाँले उद्घाटन गर्ने रहेको थियो।

वृहत प्रतियोगिताको भव्य तयारीमा प्रदेश, जिल्ला र स्थानियतहका सबै समितिहरू लागिसकेको अवस्थामा प्रतियोगिता स्थगित गर्नु परेकोमा सबैप्रति क्षमा याचना गर्दै सहज अवस्था आएपछि प्रतियोगिताको नया मिति तय गरिने आयोजक संघले जनाएको छ।

प्रतियोगिता आयोजना गर्न अहिलेसम्म खटिएका सबैप्रति आभार व्यक्त गर्दै सहयोगिहरूप्रति धन्यवाद प्रकट पनि गरे। आयोजकले प्रदेशको १२ जिल्लाबाट करिब दुई हजार खेलाडीहरू प्रतियोगितामा भाग लिने गरि काम अगाडी बढेको बताउदै स्थगनपछि आन्तरिक तयारी जारी राख्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved