भैरहवामा दुर्घटना, एकजनाको मृत्यु

नेपालभ्युज

भैरहवामा दुर्घटना, एकजनाको मृत्यु
सांकेतिक तस्वीर।

भैरहवा।  भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए।

करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved