प्रधानमन्त्री कप क्रिकेट: शुक्रबार पनि चार खेल, पुलिस लगातार तेस्रो जितको खोजीमा

नेपालभ्युज

प्रधानमन्त्री कप क्रिकेट: शुक्रबार पनि चार खेल, पुलिस लगातार तेस्रो जितको खोजीमा

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा शुक्रबार पनि चार खेल हुँदैछन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा खेल हुनेछन्।

त्रिवि मैदानमा हुने पहिलो खेलमा कर्णाली प्रदेशले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ को कर्णाली ३ खेलमा २ अंक जोडेर चौथो स्थानमा छ। त्रिवि मैदानमा हुने दोस्रो खेलमा प्रदेश–२ र बागमती आमनेसामने हुनेछन्।

मुलपानीमा हुने पहिलो खेलमा सुदूरपश्चिमले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ। समूह ‘ए’ मा रहेको आर्मी ३ खेलमा ३ अंक जोडेर दोस्रो तथा सुदूरपश्चिम २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा छन्। मूलपानीमै हुने दोस्रो खेलमा एपिएफ र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved