राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बस्दै

बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल  सहभागी हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

नेपालभ्युज

काठमाडौं। राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज (शुक्रबार) सर्वदलीय बैठक बस्दैछ। निर्वाचन आयोगको आह्वानमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

बैठकमा संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दल  सहभागी हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

उनले भने, ‘‘सर्वदलीय बैठकको एजेन्डामा  राष्ट्रियसभा निर्वाचनको तयारी गर्ने र स्थानीय तहको निर्वाचनको मिति तोक्ने तयारीसम्मका बारेमा छलफल गरिनेछ।’’
माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ। स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेको छ। यससंगै नयाँ निर्वाचनको तयारी आयोगले थालेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved