जर्मनीमा एकैदिन थपिए ८० हजार संक्रमित

अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन्। उनीहरुका अनुसार त्यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन्।

नेपालभ्युज

जर्मनीमा एकैदिन थपिए ८० हजार संक्रमित

एजेन्सी। जर्मनीमा एकैदिन ८० हजारभन्दा बढीमा कोरोना संक्रमण भएको छ। अधिकारीहरुका अनुसार बुधबार मात्र त्यहाँ ८० हजार ४३० जना संक्रमित भेटिएका छन्।

यो संख्या जर्मनीमा कोरोना भाइरसको संक्रमण शुरु भएदेखिकै एकै दिनमा देखिएको सबैभन्दा धेरै संख्या हो।

अधिकारीहरुले जर्मनीमा ठूलो संख्याका नागरिकले खोप लगाइसकेको बताएका छन्। उनीहरुका अनुसार त्यहाँ ७२ प्रतिशतभन्दा बढी नागरिकले दुवै मात्रा खोप लगाएका छन्।

त्यस्तै, करीब तीन करोड ७० लाख नागरिकले खोपको बुस्टर डोज पनि लगाएका छन्। तर पनि पछिल्लो समयमा ठूलो संख्याका नागरिकमा संक्रमण बढ्दै गएको पाइएको छ।

उता युरोपका धेरै देशमा पछिल्लो समयमा कोरोनाको संक्रमण बढ्दै गएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले जनाएको छ। संगठनले आगामी आठ साताभित्र यूरोपको आधाभन्दा बढी जनसंख्या कोभिड संक्रमित हुने चेतावनी दिएको छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै युरोपका विभिन्न देशमा संक्रमण दर ह्वात्तै बढिरहेका बेला डब्ल्यूएचओको चेतावनी आएको हो।

पश्चिमबाट पूर्व फैलिएको ओमिक्रोनको लहरले सम्पूर्ण युरोप नराम्रोसँग प्रभावित भएको डब्ल्यूएचओका हान्स क्लुगीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved