बिहान पानी परेको काठमाडौंमा दिउँसो घाम लाग्ने

देशका केही भागमा आज (बिहीबार) पनि हिमपात र वर्षाको सम्भावना छ।

नेपालभ्युज

बिहान पानी परेको काठमाडौंमा दिउँसो घाम लाग्ने

काठमाडौं। देशका केही भागमा आज (बिहीबार) पनि हिमपात र वर्षाको सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकामा आज (बिहीबार) बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ। मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा दिउँसो पारिलो घाम लाग्नेछ। प्रदेश १ का केही स्थानमा बिहान वर्षा भइरहेको छ। काठमाडौंमा आज बिहान मेघ गर्जनसहित हल्का वर्षा भएको थियो ।

मौसम विश्लेषण

हाल देशमा पश्चिमी बायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २९ गते बिहीबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।

राती: देशभर आंशिक बदली रहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved