हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

उत्तर कोरियाले मंगलबार गरिएको परीक्षण पनि हाइपरसोनिक मिसाइल रहेको दाबी गरेको छ।

नेपालभ्युज

हाइपरसोनिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी

काठमाडौं। उत्तर कोरियाले मंगलबार गरिएको परीक्षण पनि हाइपरसोनिक मिसाइल रहेको दाबी गरेको छ। सर्वोच्च नेता किम जोङ उनको निगरानीमा अर्को हाइपरसोनिक मिसाइल परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ।

एक साताभन्दा पनि कम समयमा उत्तर कोरियाले दुई मिसाइल परीक्षण गरेको हो। उसले यसअघि परीक्षण गरिएको मिसाइल पनि हाइपरसोनिक रहेको दाबी गरेको थियो। मंगलबार परीक्षण गरिएको मिसाइलले १ हजार किलोमिटर टाढा रहेको निशानामा प्रहार गरेको थियो।
यो उत्तर कोरियाले गरेको तेस्रो हाइपरसोनिक मिसाइल परीक्षण हो। यसलाई पहिचान गर्न लामो ब्यालेस्टिक मिसाइललाई भन्दा लामो समय लाग्छ। यो मिसाइल हावाको गतिभन्दा पाँच गुणा तीव्र गतिमा कम उचाइबाटै लक्ष्यसम्म पुग्न सक्छ।

मिसाएईल परीक्षणपछि न्युयोर्कमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा यसबारे छलफल भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved