इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको सहज जित

नेपालभ्युज

इङ्लिस प्रिमियर लिगमा साउथह्याम्पटनको सहज जित

काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले सजिलै जितेको छ। मंगलबार राति भएको खेलमा साउथह्याम्पटनले ब्रेन्टफोर्डलाई ४–१ गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा जान बेडनारेकले पाँचौ मिनेटमा गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए। खेलको २३ औँ मिनेटमा भिटाली जानेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १–१ को बराबरीमा ल्याए। अल्भारो फर्नान्डेजले ३७ औँ मिनेटमा आत्मघाती गोल गरेपछि साउथह्याम्पटन २–१ ले अघि रह्यो।
खेलको ४९ औँ मिनेटमा अर्मान्डो बोर्जाले गोल गर्दै टिमको अग्रता ३–१ को बनाए। त्यसपछि खेलको ७० औँ मिनेटमा एडम चेले गोल गरेपछि घरेलु टोली ४–१ ले विजयी भयो । जितसँगै साउथह्याम्पटनले २० खेलमा २४ अंक जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved