अध्यक्ष नेपाललाई पनि कोरोना संक्रमण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका अध्यक्ष नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालभ्युज

अध्यक्ष नेपाललाई पनि कोरोना संक्रमण
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमित भएका छन्। मंगलबार अध्यक्ष नेपाललाई संक्रमण भएको पुष्टि भएको हो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका अध्यक्ष नेपाललाई पनि कोरोना संक्रमण पुष्टि भएको हो।

अध्यक्ष नेपाल सामान्य स्वास्थ्य समस्यापछि केही दिनदेखि कोटेश्वरस्थित निवासमै आराम गरिरहेका थिए। आज गरिएको पीसीआर परीक्षणमा नेपाललाई कोरोना संक्रमण भएको पुष्टि भएको हो।

यसअघि, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन समन्वय समितिको बैठकमा प्रचण्डसँगै अध्यक्ष नेपाल पनि सहभागी थिए। उक्त बैठकपछि प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved