विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो

विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ।

नेपालभ्युज

विश्वभर कोरोना संक्रमितको संख्या ३१ करोड नाघ्यो

काठमाडौँ। विश्वभर कोरोनाका कूल संक्रमितको संख्या ३१ करोड नाघेको छ। कूल संक्रमितको संख्या ३१ करोड ४ लाख ४० हजार पुगेको हो। पछिल्लो २४ घण्टामा १८ लाख ७८ हजार ७१४ जना कोरोना संक्रमित थपिएसँगै यो संख्या पुगेको हो

तीमध्ये २६ करोड ४ लाख एक हजार जना निको भएका छन्। ५५ लाख ११ हजारको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा थपिने संक्रमितमा अमेरिकामा ४ लाख ९७ हजार, भारतमा एक लाख ६१ हजार संक्रमित थपिएका छन्। बेलायतमा एक लाख ४२ हजार र इटलीमा एक लाख एक हजार छन्। त्यसैगरी स्पेनमा ९७ हजार, फ्रान्समा ९३ हजार, अर्जेन्टिनमा ८८ हजार र टर्कीमा ६५ हजार थपिएका छन्। मृत्यु हुनेमा अमेरिकामा ८१५, रुसमा ७४१, फ्रान्समा २८०, इटलीमा २२७, जर्मनीमा १७५, टर्कीमा १४१, ब्राजिलमा १११ र बेलायतमा ७७ जना छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved