सहकारीलाई सहयोग गर्न सरकार तयार : मुख्यमन्त्री राउत

नेपालभ्युज

सहकारीलाई सहयोग गर्न सरकार तयार : मुख्यमन्त्री राउत
फाइल फोटो।

जनकपुरधाम। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सहकारी संस्थाहरूको थप विकासका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सहकारीले निम्न वर्गको जनताको आर्थिक विकास गर्नको लागि सहयोग पुर्याउने भएकाले सरकारले सहयोग गर्ने बताए।

नेशनल राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको वार्षिक साधारण सभा २०७८ को आज जनकपुरधाममा उद्घाटन गर्दै राउतले ग्रामीण जनताको आयस्तर उकास्न र जीवनस्तर बदल्न सहकारीको भूमिका महत्वपूर्ण रहेको बताए। मुख्यमन्त्री राउतले किसानहरूको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि पनि सहकारीहरू सक्रिय रहेकोमा खुसी लागेको बताए।

अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारीलाई संविधानले पनि स्वीकार गरिरहेका उनले बताए। उनले थोरै पूँजीलाई एकत्रित गरेर आमजनताले सहकारी मार्फत लाभ लिइरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved