वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, ९ यात्रु घाइते

नेपालभ्युज

वीरगञ्जबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, ९ यात्रु घाइते
सांकेतिक तस्वीर

काठमाडौं। वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको बस सोमबार बिहान दाङमा दुर्घटना भएको छ । बिहान ३ः३५ बजे राप्ती गाउँपालिका–५ दोलही खोला नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा ९ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय भालुबाङ्गले जनाएको छ। बसमा २० यात्रु सवार थिए।
घाइतेको लमहीमा प्राथमिक उपचारपछि नेपालगञ्ज पठाइएको छ। तीव्र गतिका कारण अनियन्त्रित भएर बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved