जनकपुर– जयनगर रेलवे : १५ महीना थन्क्याइएको रेल गुड्यो

नेपालभ्युज

जनकपुर– जयनगर रेलवे : १५ महीना थन्क्याइएको रेल गुड्यो

जनकपुरधाम। पटक-पटक मिति तय भएर पनि संचालन हुन नसकेको जनकपुर– जयनगर रेलसेवा संचालनको तयारी थालिएको छ। धनुषाको इनर्वा स्टेशनमा १५ महिनादेखि थन्क्याएर राखिएको नेपाली रेलको आज सफल परीक्षण गरिएको हो।

भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनबाट २ असोज २०७७ मा ८४ करोड ६५ लाख रुपैयाँमा खरिद गरी धनुषाको इनर्वा स्टेशनमा ल्याइएको रेल विगत १५ महीनादेखि थन्किएको थियो। खरिद गरेर ल्याए पश्चात यसलाई त्रिपालमुनी छोपेर राखिएको थियो।

रेल्वे ट्रयाक तथा इन्जिनको अवस्था बुझ्नका लागि आज जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल परीक्षण गरिएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। उनका अनुसार पहिले इनर्वा स्टेशनबाट रेललाई कुर्था ल्याइएको थियो, त्यसपछि कुर्थाबाट जयनगरसम्मको ३५ किलोमिटर दूरीमा परीक्षण गरियो।

इनर्वा स्टेशनबाट रेल चलाएर कुर्थासम्म ल्याएका भारतीय चालक बिएन राय र पिटर साहबले रेल संचालनमा समस्या नरहेको बताए। उनले भने, ‘रेलमा अहिले सम्म कुनै समस्या आएको छैन्, राम्रोसँगग रन भईरहेको छ,’’ उनले भने,‘‘तर सर्वसाधारणको चापले समस्या हुने देखिन्छ। त्यसैले फुल स्पिडमा रेल कुदाउनुपूर्व यस क्षेत्रमा केहि दिन सर्वसाधारणलाई सुचना प्रवाह गर्नुपर्ने आवश्यक्ता देखिन्छ। ट्रयाकमा मानिसहरु आइदिंदा समस्या हुन्छ।’’

उनले नेपाली रेलको ट्रयाक निर्माण भएपनि रेल नगुडेपछि रेल गुड्ने नगुड्ने आशंकाबीच तयारी स्वरुप परिक्षण गरिएको बताए।

नेपाल रेल्वेका महाप्रबन्धक झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भई सकेको र फेब्रुअरी १० तारिखभित्रै रेल संचालन गर्ने तयारी रहेको बताए। उनले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाकको अवस्था आदि परिक्षणका लागि आज रेल गुडाइएको हो।

उनले सञ्चालन मिति भने राजनीतिक स्तरबाटै तय हुने र रेल दुबै देशका प्रधानमन्त्रीले उदघाटन गर्ने तयारी रहेको बताए।

प्रबन्धक झाका अनुसार अहिले न्यूनतम आवश्यकताका आधारमा ६० जना कर्मचारी नियुक्त गरी रेल चलाउने तयारी रहेको छ। नियुक्त कर्मचारीका लागि यही सोमबारदेखि तालिम सञ्चालन गर्ने र त्यसपछि उनीहरूलाई काममा परिचालन गरिने उनले बताए। त्यसका लागि भारतीय पक्षबाटै १४ कर्मचारी आइसकेको जानकारी दिए।

सन् २०१० मा नेपाल सरकार र भारत सरकारबीच जयनगर–विजलपुर–बर्दिवास रेल सेवा सञ्चालनका लागि सहमति भएको थियो । तर पहिलो चरणमा कुर्था–जयनगरसम्म रेल सेवा चलाउने तयारी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved