चीनको चमेनागृह विष्फोटमा १६ जनाको मृत्यु

नेपालभ्युज

चीनको चमेनागृह विष्फोटमा १६ जनाको मृत्यु

चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा १६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

वुलोङ जिल्लाको फेंगसान भन्ने ठाउँमा दिउँसो स्थानीय समयअनुसार १२ः१० बजे ग्यास चुहावटबाट विस्फोट भएपछि क्यान्टिनको भग्नावशेषमा २६ जना फसेका थिए।

विष्फोट हुँदा उनीहरू क्यान्टिनमा खाजा खाइरहेका चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved