आज पनि देशका विभिन्न भागमा मौसम बदली हुने

आज (बिहीबार)देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले बदली हुने भएको हो।

नेपालभ्युज

आज पनि देशका विभिन्न भागमा मौसम बदली हुने
सांकेतिक तश्वीर

काठमाडौं। आज (बिहीबार)देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले बदली हुने भएको हो।

हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थान र लुम्बिनी तथा गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

यस्तै शुक्रबार पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना र सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशका पहाडी तथा तराइका थोरै भू–भागमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन्। मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपात हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved