‘आरआरआर’ रोकिएपछि निर्मातालाई १०० करोड भारु घाटा

नेपालभ्युज

‘आरआरआर’ रोकिएपछि निर्मातालाई १०० करोड भारु घाटा

काठमाडौं । बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘आरआरआर’ को रिलिज स्थगित भएपछि यसको कमाइमा १०० करोड रुपैयाँसम्म घाटा भएको छ।

फिल्मको वितरण र अन्य अधिकार ८९० करोड भारुमा बिक्री भएको वितरकले जनाएको थियो।

निर्देशक एसएस राजामौली र मुख्य कलाकार रामचरण तेजा र जुनियर एनटीआर एक महीनादेखि दक्षिण भारतका हरेक प्रमुख शहर र मुम्बईलगायत देशका अन्य भागहरूमा प्रचार गरिरहेका छन्।

फिल्ममा केमिओ भूमिकामा देखिएका अजय देवगन र आलिया भट्टले पनि प्रमोशनमा धेरै साथ दिएका छन्। टीभी रियालिटी शोमा देखिनेबाहेक धेरै लाइभ इभेन्टहरू पनि उनीहरूले गरिरहेका छन्। यी सबै र सामाजिक सञ्जालको प्रमोशन मिलाएर निर्माताले अहिलेसम्म २० करोडभन्दा बढी खर्च गरिसकेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अब फेरि फिल्मको नयाँ रिलिज मिति तय हुनेछ त्यसका लागि फेरि प्रमोशन खर्च लाग्छ। एक पटक रिलिज स्थगित भएपछि यो प्रमोसनका लागि थप खर्च हुन सक्छ।

‘आरआरआर’ यही ७ जनवरीबाट प्रदर्शन आउने फिल्म निर्माण पक्षले मिति तोकेको थियो। तर भारतलगायत विश्वभर कोरोना संक्रमण बढ्न थालेपछि फिल्मको प्रदर्शन मिति धकेलिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved