यी हुन् सुदूरपश्चिमबाट राष्ट्रियसभाका सत्ता गठबन्धन उम्मेदवार

नेपालभ्युज

यी हुन् सुदूरपश्चिमबाट राष्ट्रियसभाका सत्ता गठबन्धन उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनका तीन जना उम्मेदवारले राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्। गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका नारायण दत्त मिश्र, माओवादीका जगत पार्की र नेकपा एसकी गरिमा शाहले उम्मेदवारी दर्ता गरेका छन्।

निर्वाचन आयोगले राष्ट्रियसभाका सदस्यका लागि उम्मेदवारी दर्ताको समय आज (मंगलबार) १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकेको छ। १२ माघमा  राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदैछ।

यसअघि नेकपा एमालेका तर्फबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved