कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठक दिउँसो २ बजे

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो पार्टी कार्यालय सानेपामा बस्दैछ। बैठक २ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

यस बैठकमा राष्ट्रियसभा उम्मेदवार छान्ने, कोषाध्यक्ष मनोनयन गर्नेलगायत समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन्। यही माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा १९ सिटका लागि प्रतिस्पर्धा हुँदैछ। कांग्रेसले सत्तारुढ पाँचदलीय गठबन्धन कायम राखेर यस निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ।

१४ औं महाधिवेशनपछि बस्न लागेको कांग्रेसको यो दोस्रो बैठक हो। सभापति शेरबहादुर देउवाले गत शनिबार र आइतबार मनोनयन गरेका १३ जना केन्द्रीय सदस््य पनि यस बैठकमा उपस्थित हुनेछन्।

देउवाले शनिबार नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत, नारायण खड्का उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

उनले आइतबार सभापतिका प्रत्यासी कल्याण गुरुङ, महामन्त्रीका उम्मेदवार प्रदीप पौडेल र सहमहामन्त्रीका उम्मेदवार जीवन शाहीलाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved