परीक्षाको मुखैमा परीक्षा केन्द्र परिवर्तन भएपछि विद्यार्थी आन्दोलित

नेपालभ्युज

परीक्षाको मुखैमा परीक्षा केन्द्र परिवर्तन भएपछि विद्यार्थी आन्दोलित

सर्लाही । परीक्षाको मुखमै आएर परीक्षा केन्द्र एक्कासि परिवर्तन गरिएको भन्दै सर्लाहीका विद्यार्थी आन्दोलित भएका छन्।

परीक्षा केन्द्र सारिएको विरोधमा सर्लाही क्याम्पस मलंगवाका स्नातक तह चौथो वर्षका विद्यार्थीहरूले आज (आइतबार) बिहान टायर बालेर सडक अवरुद्ध गरेका छन्। उनीहरूले क्याम्पस अगाडि नवलपुर-मलंगवा सडकखण्डमा नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले सदरमुकाम मलंगवामा यातायातसमेत चल्न दिएका छैनन्।

स्नातक तह चौथो वर्षको २० गते मंगलबारदेखि हुने परीक्षाअन्तर्गत सर्लाही क्याम्पस मलंगवाको परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको थियव। तर शनिबार मात्र बरहथवास्थित शुभजनता क्याम्पसमा परीक्षा सारिएपछि विद्यार्थीहरू आन्दोलित भएका हुन्।

विश्वविद्यालयको वेभसाइटमा पनि मलंगवाको परीक्षा केन्द्र सारिएको बारे कुनै जानकारी नराखिएको र लिखित रूपमा क्याम्पस प्रशासनलाई कुनै जानकारी नआएको क्याम्पस प्रमुख राजेश यादवले बताएका छन्।

अन्तिम समयमा परीक्षा केन्द्र सारिँदा विद्यार्थीलाई समस्या हुने भन्दै यादवले अन्य क्याम्पसको भने होम सेन्टर नै कायम रहनुले आफू आश्चर्यचकित भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved