‘ए’ डिभिजन लिगमा पुलिसविरुद्ध जित्नै पर्ने दबाबमा मच्छिन्द्र

नेपालभ्युज

‘ए’ डिभिजन  लिगमा पुलिसविरुद्ध जित्नै पर्ने दबाबमा मच्छिन्द्र

काठमाडौँ। सहिद स्मारक ‘ए’ डिभिजन लिगको सातौँ चरणको निर्णायक खेल आज हुँदैछ। विभागीय टोली नेपाल पुलिस क्लब र मच्छिन्द्र फुटबल क्लब भिड्दै छन्।

खेल दशरथ रङ्गशालामा बेलुकी पौने ५ बजे हुनेछ। खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको टुङ्गो लाग्नेछ । यदि मछिन्द्रले जितेमा शीर्षस्थानमा रहँदै छनोट हुनेछ। यदि बराबरी वा हारले मनाङ मर्स्याङ्दी क्लब छनोट हुनेछ।

गत वर्ष लिगको उपाधि जिते पनि एएफसी क्लब लाइसेन्स नभएकाले मच्छिन्द्र फुटबल क्लबले एएफसी कप छनोट खेल्न पाएन । यस सिजन मच्छिन्द्रसँगै त्रिभुवन आर्मी क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लबसँग एएफसी क्लब लाइसेन्स छ। जसमध्ये शीर्षस्थानमा रहने एक टोली सातौँ चरणपछि एएफसी छनोटमा स्थान बनाउनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved