आजको मौसम : देशभर आंशिक बदली

नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

आजको मौसम :  देशभर आंशिक बदली

काठमाडौं। नेपालमा पश्चिमी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावका कारण आज (आइतबार) पनि देशभर आंशिक बदली रहनेछ।

हाल देशका प्रदेश न १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली रहेको छ।साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु,कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी तथा मध्य तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ। प्रदेश–१, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

सोमबार पनि देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भाग हिमपातको सम्भावनाका साथै बिहान तराईमा बाक्लो हुस्सु कुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिन मौसमविद्ले अनुरोधसमेत गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved