कोरोना अपडेटः २० हजार परीक्षण गर्दा ३८२ संक्रमित

हालसम्म चार हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय थप २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ।

नेपालभ्युज

कोरोना अपडेटः २० हजार परीक्षण गर्दा ३८२ संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म चार हजार ९६९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय थप २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्। यससँगै संक्रमण मुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन भएको छैन। पाँच सयभन्दा बढी संक्रमण भएको जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर छन्। दुई सयभन्दा बढी संक्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन्।

यस्तै, शून्य संक्रमित भएका जिल्ला सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरा रहेका छन्। नेपालमा संक्रमणदर १७ प्रतिशत रहेको छ।

हाल होमआइसोलेसनमा चार हजार ७२८, संस्थागत आइसोलेसनमा २४१ आईसीयूमा ८९ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ।

त्यसैगरी पछिल्लो समय ५९ हजार ११२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved