माओवादी केन्द्रमा केन्द्रीय समिति २९९ सदस्य रहने, १५ सदस्यीय पदाधिकारी

माओवादीको केन्द्रीय समिति मा २९९ सदस्य रहनेछन् । यसैगरी १ जना अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, १ महासचिव तथा २ उपमहासचिव र ३ सचिव, १ जना कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी चयन हुनेछ।

नेपालभ्युज

माओवादी केन्द्रमा केन्द्रीय समिति २९९ सदस्य रहने, १५ सदस्यीय पदाधिकारी

काठमाडौँ। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा पार्टीको विधान मस्यौदा बहुमतले पारित भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रबाट उक्त मस्यौदा परिमार्जनसहित पारित भएको हो।

बन्दसत्रबाट पारित हुनुअघि मस्यौदालाई साबिकको केन्द्रीय समितिमा प्रस्ताव गरिएको थियो। विधान पारित भएसँगै अब नयाँ केन्द्रीय समिति चयन हुनेछ।

विधानमा गरिएको व्यवस्थाअनुसार अब माओवादीको केन्द्रीय समिति मा २९९ सदस्य रहनेछन् । यसैगरी १ जना अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष तथा ६ उपाध्यक्ष, १ महासचिव तथा २ उपमहासचिव र ३ सचिव, १ जना कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी चयन हुनेछ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको चयनका लागि निर्वाचन हुने जनाइएको छ । पदाधिकारी समावेशी तवरले चयन गरिने र केन्द्रीय समितिमा पनि ५० प्रतिशत खुलाबाट तथा ५० प्रतिशत समावेशी तवरले चयन गर्ने व्यवस्था विधानमा राखिएको छ । कुल केन्द्रीय सदस्यको १५ प्रतिशत सदस्य भने मनोनीत हुनेछन्।

अब पदाधिकारीलगायत नेतृत्व चयनका लागि आवश्यक निर्वाचन प्रक्रिया शुरु हुने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved