राप्रपा अध्यक्ष र महामन्त्रीसँग रवीन्द्र मिश्रको ‘आशाजनक’ संवाद

मिश्रले सामाजिक सञ्जालमा लेखेअनुसार उक्त भेटमा दुई पार्टीका अध्यक्षबीच आशाजनक संवाद भएको छ। मिश्रले उनीहरुबीच ‘राजनीतिसँगै राजकाज’ संवाद भएको उल्लेख गरेका छन्।

नेपालभ्युज

राप्रपा अध्यक्ष र महामन्त्रीसँग रवीन्द्र मिश्रको ‘आशाजनक’ संवाद

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग भेट गरेका छन्।

भर्खरै सम्पन्न एकता सम्मेलनबाट राप्रपाको अध्यक्षमा निर्वाचित लिङ्देन र महामन्त्रीमा निर्वाचित राणाले शुक्रबार बिहान मिश्रलाई भेटेका हुन्। मिश्रले सामाजिक सञ्जालमार्फत भेटको बारेमा जानकारी दिएका छन्।

मिश्रले सामाजिक सञ्जालमा लेखेअनुसार उक्त भेटमा दुई पार्टीका अध्यक्षबीच आशाजनक संवाद भएको छ। मिश्रले उनीहरुबीच ‘राजनीतिसँगै राजकाज’ संवाद भएको उल्लेख गरेका छन्।

मिश्रले लेखेका छन्, “आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो। दुवैप्रति आभारी छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved