चिसो बढ्यो तर, मौसममा सुधार हुँदै

केही दिनयताको वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ।

नेपालभ्युज

चिसो बढ्यो तर, मौसममा सुधार हुँदै

काठमाडौं। केही दिनयताको वर्षा र हिमपातका कारण देशभर चिसो बढेको छ। मंगलबार र बुधबार देशका धेरै ठाउँमा पानी परेपछि चिसो बढेको हो।

हिमाली जिल्लामा हिमपातले जनजीवन कष्टकर बनेको छ। पहाडी र तराई क्षेत्रमा पनि जाडो बढेको छ।

तर, आज (बिहीबार) देखि भने क्रमिक रुपमा मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कमजोर बन्दै गएकाले काठमाडौँसहित देशका केही ठाउँमा घाम लाग्ने जनाइएको छ।

यस्तै, उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved