जनकपुरधाम । भारतबाट भन्सार छलेर नेपाल भित्र्याएको लाखौं मूल्य बराबरको मालसमान धनुषा प्रहरीले बरामद गरेको छ ।
मंगलबार राति धनुषाको विदेह नगरपालिका वडा नं १ महिनाथपुर स्थित राम सतिश चौधरीको घरमा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको लत्ताकपडा तथा हार्डवयरको सामानहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
चौधरीको घरमा भन्सार छली गरेर ल्याएको सामानहरु स्टोर गरी राखेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले घरभित्र तलासी गर्दा प्लास्टिक र जुटको बोरा भित्र ९२ पिस कुर्ता सुरूवाल सुट, ९९ थान साडी, ४२ थान पाईन्टको कपडा, २२४ पिस रेडिमेट सर्ट पाईन्ट, ३८४ पिस सुतीको साडी, १४ थान सर्टको कपडा, बल्ब सेट २९७ पिस, फलाममा प्वाल पार्ने मेसिन एउटा, मोबाईल चार्जर सेट ५०० पिस, चिम फिट गर्ने मेसिन १ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बरामद गरिएको सामान ७ लाख ५५ हजार ९५५ मुल्य बराबरको रहेको र नियन्त्रणमा लिइएका समानहरुलाई भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Facebook Comment
Comment