भारतमा बढ्दै कोरोना संक्रमण, दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइयो

नेपालभ्युज

भारतमा बढ्दै कोरोना संक्रमण, दिल्लीमा रात्रिकालीन कर्फ्यु लगाइयो

भारतको मुम्बई र दिल्लीमा कोरोना भाइरसका नयाँ संक्रमितहरू तीव्र गतिमा बढ्न थालेका छन्।

मंगलबार, सोमबारको तुलनामा मुम्बईमा नयाँ संक्रमितहरू ७० प्रतिशत र नयाँ दिल्लीमा ५० प्रतिशतले वृद्धि भएको छ। तर, ८ दिन बितिसक्दा पनि महाराष्ट्रमा ओमिक्रोन संक्रमित फेला परेका छैनन्। अहिले केही दिनयता दिल्लीमा ओमिक्रोनका नयाँ संक्रमित फेला नपरेका भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोमबार दिल्लीमा कोरोनाक ३३१ नयाँ संक्रमितहरू भेटिएका थिए भने मंगलबार ४९६ नयाँ कोरोना संक्रमित भेटिएका थिए। जुन मे २ पछि दिल्लीमा एकै दिनमा नयाँ कोरोना संक्रमित भेटिएको यो सबैभन्दा धेरै हो। यसबाहेक राजधानी दिल्लीमा मे ३१ पछि ० दशमलव ८९ प्रतिशत बढी संक्रमणदर भेटिएको जनाइएको छ।

यद्यपि, मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “हामी तेस्रो लहरको सामना गर्न पहिलेभन्दा १० गुणा बढी तयार छौं।” उनले कोरोनाबाट बँच्न नयाँ गाइडलाइन्स र नयाँ दिशानिर्देशहरू जारी गरेका छन्।

अब दिल्लीमा राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लागु हुनेछ। मेट्रो, रेस्टुरेन्ट, बारहरू ५०५ क्षमतामा खुल्नेछन्। सिनेमा हल, स्पा, जिम, मल्टिप्लेक्स, बैंक्वेट हल, अडिटोरियम र खेलकुद परिसरहरू बन्द रहनेछन्।

महाराष्ट्रमा ओमिक्रोनमा संक्रमण भेटिएका छैनन्। तर राज्यमा एकै दिनमा कोरोना संक्रमितको संख्यामा ठूलो वृद्धि भएको हो। मंगलबार २४ घण्टायता मुम्बईमा १३ सय ७७ नयाँ बिरामी फेला परेका थिए।

अक्टोबर १५ पछि राज्यमा एकै दिन २ हजारभन्दा बढी बिरामी भेटिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved