ग्रीसमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको मृत्यु भएको छ।

नेपालभ्युज

ग्रीसमा आप्रवासी शरणार्थी चढेको जहाज डुब्दा १६ जनाको मृत्यु

काठमाडौं। ग्रीसको सामुद्रिक टापु पारोस नजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्दा १६ जनाको मृत्यु भएको छ।

ज्यान गुमाउनेमा १२ पुरुष, तीन महिला र एक शिशु रहेका समाचार माध्यमहरूले जनाएका छन्। मध्य एसियन सागरमा चार दिनको अन्तरमा आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो।

टर्कीबाट इटली गइरहेको डुङ्गामा ८० जना सवार थिए। एसियन सागर मुख्य गरी ग्रिस, अफ्रिका र मध्यपूर्वका शरणार्थी र आप्रवासीहरूका लागि युरोपेली सङ्घमा जाने मुख्य मार्गमध्येको एक हो ।

तर सन् २०१५ देखि शरणार्थीहरूले यो मार्गको प्रयोग गर्न छाडेका थिए ।
गएको बिहीबार र बुधवार पनि डुङ्गा डुबेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved