जापानमा अनौठो बस सेवा शुरु, रेलवे ट्रयाकमा पनि कुद्नसक्ने

नेपालभ्युज

जापानमा अनौठो बस सेवा शुरु, रेलवे ट्रयाकमा पनि कुद्नसक्ने

एजेन्सी।  आमरुपमा बसलाई सडकमा चलाइन्छ। तर जापानको कायो शहरमा शनिबार सडकमात्रै नभएर रेलवे ट्रयाकमा पनि चल्नसक्ने बस सेवा शुरु भयो। यसलाई ड्युल–मोड व्हिकल अर्थात डिएमभी नाम दिइएको छ।

एउटा डिएमभीमा २१ यात्रु बस्नसक्छन्। रेलवे ट्रयाकमा यसको गति ६० किलोमिटर प्रतिघण्टा छ। सडकमा भने यो १ सय किलोमिटर प्रतिघण्टामा कुद्नसछ।

एएसए कस्ट रेलवे कम्पनीले डिएमभी सेवा सञ्चालनमा ल्याएको हो। ‘‘कायो जस्ता शहरमा स्थानीय यातायत कम्पनीहरु नाफा कमाउनका लागि संघर्ष गर्नुपर्ने अवस्थामा छन्। उनीहरुले डिएमभीबाट राम्रो लाभ उठाउनसक्छन्,’’ कम्पनीका सिईओले सीगेकी मिउराले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved