कांग्रेस प्रदेश २ अधिवेशन आजबाट, देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन

कांग्रेसको प्रदेश–२ अधिवेशन आज (मंगलबार) शुरु हुँदैछ।

नेपालभ्युज

कांग्रेस प्रदेश २ अधिवेशन आजबाट, देउवाविरुद्ध निधि र कोइरालाको गठबन्धन

काठमाडौँ। नेपाली कांग्रेसको प्रदेश-२ अधिवेशन आज (मंगलबार) शुरु हुँदैछ। दिउँसो १ बजे उम्मेदवारको मनोनयन गर्ने समय तोकिएको छ।

प्रदेश निर्वाचन समितिकाअनुसार चुनाव बुधबार हुनेछ। प्रदेश-२ मा सभापति शेरबहादुर देउवाविरुद्ध शेखर कोइराला र विमलेन्द्र निधि समूहबीच गठबन्धन बनेको छ।

देउवा समूहले सभापतिमा कृष्ण यादवलाई उम्मेदवारमा अघि सारेको छ। निधिले आफूनिकट रामसरोज यादवलाई अघि सारेका छन्।

कोइराला समूहले निधिका उम्मेदवार यादवलाई नै समर्थन गर्ने भएको छ। कोइराला समूहले पनि प्रदेश-२ को अधिवेशनलाई प्रतिष्ठाको रूपमा लिएको छ। प्रदेश-२ को चुनावमा झन्डै २ हजार ७५ मतदाता छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved