चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित

नेपालभ्युज

चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक निर्वाचित

काठमाडौं। दक्षिण अमेरिकी महादेशको पश्चिम भूभागमा अवस्थित देश चिलीमा ३५ वर्षीय युवक राष्ट्रपतिमा निर्वाचित भएका छन्। बामपन्थी उम्मेदवार ग्याब्रियल बोरिक प्रजातान्त्रिक उम्मेदवार जोशे एन्टिनिओ कास्टलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

चिलीको इतिहासमै कान्छा राष्ट्रपतिका रूपमा निर्वाचित बोरिक ५६ प्रतिशत मत ल्याएका छन्।

बोरिक पूर्व विद्यार्थी नेता हुनुका साथै दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेता हुन्।

चिली विश्विद्यालयबाट कानून पढेका बोरिक सन् २००९ मा डिन रोबर्टो नहुमको विरोधमा ४४ दिनसम्म आन्दोलन गरेपछि चर्चामा आएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved