ट्रकको ठक्करबाट छात्रको मृत्यु

ट्रकको ठक्करबाट छात्रको मृत्यु
सांकेतिक तस्वीर

सर्लाही। लालबन्दी नगरपालिका-९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नं को ट्रकले ठक्कर दिँदा एक छात्रको आज बिहान मृत्यु भएको छ।

मृत्युहुनेमा लालबन्दी-९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका-१ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाकाअनुसार टियुसन पढ्न जाने क्रममा पैदल हिँडिरहेको बेला छात्रलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved