‘ए’ डिभिजन लिगमा जाउलाखेलको पहिलो जित

नेपालभ्युज

‘ए’ डिभिजन लिगमा जाउलाखेलको पहिलो जित

काठमाडौं। रेलिगेशन जोनमा रहेको जाउलाखेल युथ क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ। शनिबार दशरथ रंगशालामा भएको पहिलो खेलमा जाउलाखेलले च्यासल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गरेको छ।

खेलको ३७ औँ मिनेटमा जाउलाखेलका बिदेशी खेलाडी निकोलस फर्नान्डेजले गोल गर्दै जाउलाखेललाई अग्रता दिलाएका थिए।

पहिलो हाफको यो गोल नै जाउलाखेलको जितमा निर्णायक बन्यो। जाउलाखेलले जारी लिगमा हालसम्ममा गरेको यो पहिलो गोलसमेत हो। यसअघिका चार खेलमा जाउलाखेलले एक गोल पनि गर्न सकेको थिएन।

जारी लिगमा पहिलो जितका साथ जाउलाखेल रेलिगेशन जोनबाट बाहिर निस्केको छ। पाँच खेलबाट चार अंकसहित जाउलाखेल १० औँ स्थानमा उक्लेको छ। समान खेलबाट समान अंक भए पनि गोलअन्तरको आधारमा ११ औं स्थानमा झरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved