काठमाडौं। बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने काभ्रेको बेथानचोक गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ। चालु आर्थिक वर्ष २०७८\७९ को वार्षिक स्विकृत कार्यक्रमअनुसार गाउँपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको हो।
भविष्यमा लोक सेवा आयोगबाट सञ्चालन हुने शाखा अधिकृत तथा ना.सु. पदको तयारीका लागि कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए। कक्षामा ६० जनासम्म सहभागी गराइने छ। बेथान्चोककै पार्वती माद्यामिक विद्यालयमा कक्षा सञ्चालन हुने छगाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए।
१८ वर्ष उमेर पुरा भएका इच्छुकहरुले प्रविणता प्रमाणपत्र तह उर्तिण भएको शैक्षिक प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र र वडा कार्यालयको सिफारिस पेश गर्नुपर्ने अधिकृत भण्डारीले बताए।

Facebook Comment
Comment