कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान

कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान

जनकपुरधाम। प्रदेश नंं २ सरकारको मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कृषि विश्वविद्यालयका लागि ३१ करोड अनुदान प्रदान गर्न अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति माग गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश मार्फत स्थापना गर्न लागेको प्रदेश कृषि विश्वविद्यालयको तयारीका लागि ३१ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको हो।

सप्तरीमा स्थापना गर्न लागेको कृषि विश्वविद्यालयको तयारीका लागि सो रकम दिने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।

प्रदेश सरकारले कृषि विश्वविद्यालयमा उपकुलपति नियुक्त गरिसके पनि आवश्यक भौतिक पूर्वाधार अगाडि बढ्न सकेको छैन। सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ भने विश्वविद्यालयका उपकुलपतिमा डा.वैद्यनाथ महतोलाई नियुक्त गरिसकेको छ।

अर्थमन्त्री साहले विश्वविद्यालयको भौतिक पूर्वाधार विकासको लागि अनुदान दिइने निर्णय भएको बताए। विश्वविद्यालयको आवश्यक भौतिक पूर्वाधार विकासको लागि पहिलो चरणमा उक्त अनुदान दिइएको उनले जानकारी दिए।

त्यसै गरी मन्त्रिपरिषद्ले ‘बेटी पढाऊ बेटी बचाउ’ अभियान सञ्चालनको जिम्मा पाएको सामाजिक विकास मन्त्रालयले तयारी गरेको कार्यविधिलाई परिमार्जन सहित पारित गरेको छ। त्यस्तै बन्द रहेको छोरी बीमा अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै प्रदेश सरकारले प्रदेशका सम्पूर्ण जिल्ला अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved