बेलायतले ११ देशलाई लगाएको यात्रा प्रतिबन्ध हटायो

नेपालभ्युज

बेलायतले ११ देशलाई लगाएको यात्रा प्रतिबन्ध हटायो

एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरियन्टका रूपमा ओमिक्रोन देखिन थालेसँगै बेलायतले ११ देशलाई लगाएको यात्रा प्रतिबन्ध हटाएको छ।

बुधबार बेलायत सरकारले एङ्गोला, बोटस्वाना, एस्वाटिनी, लेसोथो, मलवी, मोजाम्बिक्यु, नामिबिया, नाइजेरिया, दक्षिण अफ्रिका, जाम्बिया र जिम्बाबेलाई लगाएको यात्रा प्रतिबन्ध हटाएको हो।

कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै बेलायतले यी देशहरूलाई अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी रातो सूचीमा राखेको थियो।

स्वास्थ्य सचिव साजिद जाभिदले संसद्मा ओमिक्रोन व्यापक रूपमा फैलिएकाले नियमनका लागि रातो सूची कम प्रभावकारी भएको बताएका थिए। उनले भनेका थिए, ‘अब ओमिक्रोन बेलायतको समुदाय स्तरमा र विश्वव्यापी रूपमा फैलिन थालिसकेको छ । विदेशबाट ओमिक्रोन भित्रिनबाट रोक्नको लागि यो रातो सूची कम प्रभावकारी भएको देखिन्छ ।”

रातो सूचीमा परेका देशहरूले बेलायतमा गएपछि सरकारको मान्यता प्राप्त होटलमा १० दिन आइसोलेशनमा बस्नुपर्थ्यो। रातो सूचीबाट हटाएसँगै अब ती देशका नागरिकहरू बेलायत जाँदा आइसोलेशनमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ। तर यी देशका नागरिक बेलायतले रातो सूचीमा राखेका अन्य देशबाट भित्रिएमा भने उक्त नियमको पालना गर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved