थाइल्यान्डमा सैन्य अभ्यासका दौरान हेलिकोप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

नेपालभ्युज

थाइल्यान्डमा सैन्य अभ्यासका दौरान हेलिकोप्टर दुर्घटना, दुई पाइलटको मृत्यु

एजेन्सी। थाइल्यान्डमा सैन्य अभ्यासका दौरान हेलिकोप्टर दुर्घटना हुँदा दुईजना पाइलटको मृत्यु भएको छ।

स्थानीय मिडियाका अनुसार लोप बरी प्रान्तको आर्मी एभिएशन सेन्टरबाट तालिमका दौरान उडेको हेलिकोप्टरमा आगो लागेको हो।

मंगलबार बिहान ९ बजेर ४० मिनेट जाँदा आगो लागेपछि हेलिकोप्टर दुर्घटना भएको थियो।
सैन्य स्रोतका अनुसार अमेरिकामा चिनियाँ स्वामित्वको इन्स्ट्रोम हेलिकोप्टर कर्पोरेशनले यसको निर्माण गरेको थियो। थाई हार्मीले यस्ता २२ वटा हेलिकोप्टर देशमा भित्र्याएको थियो।

दुर्घटनामा लेफ्टिनेन्ट जनरल बान्चोङ प्लान र एभियसन स्टुडेन्ट चंक्रोन पियानचारोनको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved