भारतमा ओमिक्रोन संक्रमितको संख्या ६१ पुग्यो, दिल्लीपछि मुम्बईमा त्रास

नेपालभ्युज

भारतमा ओमिक्रोन संक्रमितको संख्या ६१ पुग्यो, दिल्लीपछि मुम्बईमा त्रास

एजेन्सी। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भारतमा निकै तिव्र रुपमा फैलिरहेको देखिएको छ। मंगबालर बिहान दिल्लीमा ४ जना नयाँ संक्रमित भेटिएका थिए। मंगलबार बेलुकी महाराष्ट्रमा ८ जना नयाँ संक्रमित देखिए।

यसमध्ये ७ जना मुम्बई र १ जन वसई–विरारका हुन्। यससँगै भारतमा ओमिक्रोन संक्रमितको संख्या बढेर ६१ पुगेको छ।

मंगलबार संक्रिमत भएका ८ जनामध्ये ७ जनाले खोप लिगइसकेका थिए। उनीहरुमध्ये तीनजनामा कुनै लक्षण नदेखिएको र पाँच जनामा साधारण लक्षण देखिएको भारतको स्वास्थ मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये ५ जना पूरुष र ३ महिला हुन्।

नेशनल इन्स्टिच्युट अफ भिरोलोजीको रिपोर्टअनुसार अहिलसम्म महाराष्ट्रमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या २८ पुगिसकेको छ।

महाराष्ट्रमा मंगलबार ६ सय ८४ जना कोरोनाका नयाँ संक्रमित फेला परेका थिए र यसमध्ये २४ जनाको मृत्यु भयो। यहाँ अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ६६ लाख ४५ हजार नाघिसकेको छ।

यसमध्ये ६४ लाख ९३ हजार ८ सय ८८ जना निको भइसकेका छन्। १ लाख ४१ हजार २ सय ८८ जनाको मृत्यु भइसक्यो। ६ हजार ४ सय ८१ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved