थप २५४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ८ सय

नेपालभ्युज

थप २५४ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ८ सय

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका विभिन्न प्रयोगशालामा ८ हजार ६८२ जनाको नमुना परीक्षण गर्दा २५४ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयले दिएको विवरण अनुसार ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जनामा र २ हजार ४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनाको कोरोना संक्रमण पुष्टि भएको हो। २३४ जना कोरोनामुक्त भएका छन्। २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या ५ हजार ८९० छ। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २ हजार २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९५ हजार ७८२ पुगेको छ।

हालसम्म ८ लाख ६ हजार ७७८ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५५४ पुगेको छ। २४ घण्टामा ६९ हजार ५८० जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved