राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशलाई

जनकपुरधाम। धनुषाको वटेश्वरमा आयोजित राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को उपाधि माथि सुदूरपश्चिम प्रदेशले कब्जा जमाउन सफल भएको छ।

धनुषाको बटेश्वर गाउँपालिकामा मंसीर २३ गतेदेखि आयोजित बटेश्वर गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला कबड्डी प्रतियोगिता २०७८ को शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशले ८ अंक को विरुद्ध ५४ अंक ल्याई लुम्बिनी प्रदेश माथि भारी अंकको अन्तरले विजयी प्राप्त गरेको हो।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेश प्रथम, लुम्बिनी प्रदेश २ द्वितीय र बाग्मती प्रदेश र गण्डकी प्रदेशले तृतीय स्थान प्राप्त गरेका हुन्। फाइनल खेलमा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ नगद, शिल्ड, प्रमाणपत्र प्रदान गरिएको थियो।

त्यसैगरी प्रतियोगितामा वेस्ट रेडर र म्यान अफ दिदी म्याचको पुरस्कार सुदूरपश्चिमकी खेलाडी सुनिता थापालाई र वेस्ट डिफेन्डरको पुरस्कार सुदूरपश्चिम कै खेलाडी निशा बोहरालाई प्रदान गरिएको छ। वटेश्वर गाउँ पालिकाको संयोजन तथा शिव शक्ति यूथ क्लब बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागिता रहेको प्रतियोगिताको प्रचारप्रसार समितिका संयोजक मदन विश्वकर्माले जनाए।

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वटेश्वर गापा अध्यक्ष डम्बर बहादुर राउतले खेलकुदले ठाउँको पहिचान गराउनुको साथै देशको नाम समेत प्रख्यात गराउन सहयोग पुर्पुयाउने भएको हुँदा यस्ता किसिमको प्रतियोगिताहरूमा गाउँ पालिकाले संयोजन गरेको बताए।

उनले खेलाडी राष्ट्र को गहना भएकोले उनीहरूको संरक्षण र संवर्द्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved