२२ जोडीको सामूहिक विवाह

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा प्रचारप्रसार गर्न एवं दाइजो प्रथा तथा अनावश्यक खर्चविरुद्ध एकै साथ २२ जोडीको सामुहिक विवाह सम्पन्न गरिएको हो।

नेपालभ्युज

२२ जोडीको सामूहिक विवाह

जनकपुरधाम। धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा बिहीबार साँझ २२ जोडीको सामूहिक विवाह गरिएको छ।

विश्व हिन्दु परिषद् नेपालको आयोजनामा जानकी मन्दिर परिसरमा आयोजित सामूहिक विवाह कार्यक्रममा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी लगायत विभिन्न जिल्लाका २२ जोडीको विवाह गराइएको हो।

जनकपुरधामलाई विवाह गन्तव्यको रुपमा प्रचारप्रसार गर्न एवं दाइजो प्रथा तथा अनावश्यक खर्चविरुद्ध एकै साथ २२ जोडीको सामुहिक विवाह सम्पन्न गरिएको विश्व हिन्दू परिषद् नेपाल धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए।

सीताराम विवाह पञ्चमी महोत्सव सकिए लगत्तै मन्दिर परिसरमा आयोजित सामुहिक विवाह समारोहमा विभिन्न जातजातीका जोडीको विवाह गराइएको उनले बताए।

विवाह समारोहमा प्रदेश नं २ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवलगायतले नवविवाहित जोडीलाई शुभकामना दिए।

विश्व हिन्दु परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलीपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ। अघिल्लो वर्ष कोरोना संक्रमणका कारण सामूहिक विवाह समारोह गर्न सकिएको थिएन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved