कांग्रेस महाधिवेशन

सकिएन मञ्च निर्माणको काम, ब्यानरले भरियो ठाउँ (फोटोफिचर)

नेपालभ्युज

सकिएन मञ्च निर्माणको काम, ब्यानरले भरियो ठाउँ (फोटोफिचर)

काठमाडौं। शुक्रबारदेखि काठमाडौंस्थित भृकुटीमण्डपमा नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदैछ। महाधिवेशनको तयारीस्वरुप मञ्च, स्वागत गेट निर्माण लगायतको कामलाई तीव्रता दिइएको छ।

मञ्च निर्माणका लागि २५ लाख रुपैयाँ छुट्याइएको छ भने सहभागी प्रतिनिधिको सूची समेत सार्वजनिक भइसकेको छ। तयारी तीव्र पारिए पनि महाधिवेशनको अघिल्लो मध्य दिनसम्ममा मञ्च निर्माणको काम भने सकिएको छैन।

खालि ठाउँलाई ब्यानरले भरिएको छ भने, अघिल्लो दिन नेता तथा कार्यकर्ताको कार्यक्रमस्थलमा खासै चहलपहल देखिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved