ओलफ शोजले शुरु गरे जर्मन चान्सलरको कार्यकाल

पछिल्लो १६ वर्षदेखि जर्मन चान्सलरको भूमिकामा रहेकी एन्जेला मर्केल उक्त पदबाट बिदा भएसँगै शोज नयाँ चान्सलर बनेका हुन्। मर्केलको कार्यकालमा शोज भाइस चान्सलर पदमा थिए।

नेपाल भ्यूज

ओलफ शोजले शुरु गरे जर्मन चान्सलरको कार्यकाल

काठमाडौं। जर्मनीका लोकतन्त्र तथा समाजवादी नेता ओलफ शोजले जर्मनीको नयाँ चान्सलरको शपथ लिएका छन्। शोजले बुधबार चान्सलर पदको शपथ लिएका हुन्।

पछिल्लो १६ वर्षदेखि जर्मन चान्सलरको भूमिकामा रहेकी एन्जेला मर्केल उक्त पदबाट बिदा भएसँगै शोज नयाँ चान्सलर बनेका हुन्। मर्केलको कार्यकालमा शोज भाइस चान्सलर पदमा थिए।

मर्केललाई नजिक रहेर सघाएका ६३ वर्षीय शोजले गत सेप्टेम्बरमा भएको चुनावमा आफ्नो पार्टीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। उनी तीनवटा पार्टीको गठबन्धनको नेतृत्व गर्दै चान्सलर बनेका हुन्।

जर्मनीको संसद्ले पनि तत्कालीन भाइस चान्सलर तथा वित्तमन्त्री शोजको नियुक्तिलाई स्वीकृति दिएको छ। संसद्मा उनले ३९५ मध्ये बहुमत भोट पाएका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved