बुधबार थपिए कोरोनाका २ सय ८० संक्रमित, थप दुईको निधन

नेपालभ्युज

काठमाडौं । नेपालमा बुधबार २ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ९ हजार १ सय ६८ पीसीआर परीक्षणका क्रममा २ सय ५५ जना र ३ हजार ६ एन्टीजेन परीक्षणका क्रममा २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोरोना संक्रमित संख्या ९ लाख १९ हजार ४४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा ११ हजार ५ सय ४५ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यस्तै थप ३ सय ६६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ५ हजार ५ सय ७१ संक्रमित निको भएका छन्। हाल नेपालमा ६ हजार २ सय ३९ सक्रिय संक्रमित आइशोलेशन र ९६ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved