प्रिमियर लिग फुटबल

एभर्टनसँग हार्‍यो आर्सनल

एक गोलले पछि परेको अवस्था उल्टाउँदै एभर्टनले पाहुना टोलीमाथि जित दर्ता गरेको हो।

नेपालभ्युज

एभर्टनसँग हार्‍यो आर्सनल

काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल एभर्टनसँग पराजित भएको छ। गएराति भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएको हो।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसन र देमाराई ग्रेले गोल गरे। एक गोलले पछि परेको अवस्था उल्टाउँदै एभर्टनले पाहुना टोलीमाथि जित दर्ता गरेको हो।

आर्सनलका लागि पहिलो हाफको अतिरिक्त समयमा मार्टिन ओडेगार्डले गोल गर्दै खेलमा शुरुवाती अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा ऊ पराजित बन्न पुग्यो।

एभर्टनका लागि दोस्रो हाफको ७९ औँ मिनेटमा रिचार्लिसनले बराबरी गोल फर्काए। त्यस्तै, खेलको अतिरिक्त समयमा गोल गर्दै ग्रेले टोलीको जित पक्का गरे।

हारपछि आर्सनल २३ अंकसहित अंक तालिकाको सातौँ स्थानमा रहेको छ। एभर्टन १८ अंकसहित १२ औँ स्थानमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved